काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट करिब डेढ केजी सुनसहित ६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपालबाट चीन जान लागेका एक पुरुष र पाँच महिलाको साथबाट १४ ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ।
उनीहरुलाई भन्सारमा बुझाइएको र भन्सार प्रक्रिया पुरा गरेर थप अनुसन्धान अगाडी बढाइने प्रहरीले जनाएको छ।
प्रकाशित: २४ वैशाख २०७५ ०१:०९ सोमबार