१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

सिमरा- बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।

झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए।

नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा जान लागेका स्कूले विद्यार्थी बिहान २ बजे दुर्घटनामा परेका हुन् । चालिस घाइतेमध्ये एक जनाको काठमाडौँ, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस

 

प्रकाशित: १९ वैशाख २०७५ ०७:०० बुधबार

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते