१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई कारबाही गरेको छ।

महानगरपालिकाको गाडी फोहर लिन आउँदा फोहर नफ्याँक्ने अन्य समयमा जथाभावी फाल्ने र महानगरपालिकाले तोकेको स्थानमा फोहर नथुपार्ने ९१ जना कारबाहीमा परेका हुन्।

विशेषगरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने कारबाहीमा परेको कामपाका नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए।

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५०० देखि एक लाखसम्म जरिवाना गर्दै आएको छ। त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन्। हरेक दिन महानगरपालिकाले काठमाडौं उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ।

त्यसैगरी, चालू आर्थिक वर्षको चैतसम्ममा नै कामपाले एक हजार ६०० टन धुलो व्यवस्थापन गरेको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै सुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोको व्यवस्थापन गरेको हो। संकलित सबै धुलो विष्णुमति किनारामा राखिएको छ।

महानगरपालिकाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक र त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट धुलो संकलन गरिएको हो।

कामपाको यो अभियान निरन्तर रहनेछ। त्यसैगरी, कामपाले सडकमा अव्यवस्थित रुपमा छरिएर रहेका करीब ५५ गाडी तारको पनि व्यवस्थापन गरेको छ।

कामपाले गत मंसिरको पहिलो सातादेखि तार व्यवस्थापनको कार्य सुरु गरेको हो। संकलित तार सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका हुन्। ती तार तत्कालका लागि टेकुमा राखिएको छ। रासस

प्रकाशित: १४ वैशाख २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App