२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ज्वालालाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता टीका संग्रौला (ज्वाला) लाई तीन दिनभित्र बयानका लागि उपस्थित गराउने आदेश गरेको छ ।

न्यायाधीश हरि फुयाल र शारंगा सुवेदीको इजलासले बयानका लागि उपस्थित गराउनेसहित कारण देखाउ आदेश जारी गरेको हो।

गत चैत २२ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो ।  उक्त आदेशविरुद्ध अदालतले अवहेलना हुनेगरी उनले सामाजिक सञ्जालमा टीकाटिप्पणी गरेकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनुपर्‍या छ ।’

उक्त स्टाटसले अदालतको फैसला कार्यान्वयनमा अवरोध गर्ने र न्यायपालिकामाथिको जनविश्वासमा संकट पैदा गर्ने भन्दै प्राञ्जल केसीले चैत २७ मा अवहेलना निवेदन दिएका थिए ।

प्रकाशित: ३१ चैत्र २०८१ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App