१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु (तस्बिरहरू)

क्याप्शन

काठमाडौं उपत्यकामा वर्षा र समृद्धिका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंदेखि आर्यावलोकितेश्वरका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आयोजना गरिन्छ।

नेपाल संवत् ७०८ देखि राजा शिवसिंह मल्लको पालादेखि सुरु गरिएको यो परम्पराअनुसार, जमलमा भेटिएको करुणामय सेतो मच्छिन्द्रनाथको मूर्तिलाई नौतले शिखर शैलीमा निर्मित रथमा राखेर रथयात्रा निकाल्ने चलन रहँदै आएको छ।

रथयात्राको पहिलो दिन रथलाई जमलस्थित घण्टाघर क्षेत्रबाट तानेर असनसम्म पुर्‍याइन्छ। भोलिपल्ट असनबाट रथ तानेर हनुमानढोकाको अगाडि पुर्‍याउने परम्परा रहेको छ।

प्रकाशित: २३ चैत्र २०८१ १९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App