१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

विद्यार्थीलाई पनिउँले डाम्ने शिक्षिका पक्राउ, पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

हल्ला गरेको निहुँमा तातो पनिउँले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ परेकी छन्।

तनुहँको भिमाद नगरपालिका ६ शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कूलकी शिक्षिका तथा लेखापाल सुश्मा श्रेष्ठले हल्ला गरेको भन्दै मङ्गलबार (हिजो) कक्षा चारमा अध्ययनरत तीन विद्यार्थीलाई तातो पनिउँले डामेकी थिइन्।

सोहो स्थान बस्ने श्रेष्ठलाई प्रहरीले बुधबार (आज) पक्राउ गरेर बालबालिकाविरुद्धको कसूरमा मुद्दा चलाएको छ। जिल्ला अदालत, तनहुँले उनलाई पाँच दिनसम्म थुनामा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ।

बालबालिकाहरूको परिचय गोप्य राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० माघ २०८१ २२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App