२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर

रौतहट– रौतहटमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। रौतहटको सदरमुकामलाई जोड्ने मुख्य राजमार्गको यमुनामाई गाउँपालिकाको सुकदेव चौकनजिक बीआर ३० टी ०३३५ नम्बरको भारतीय स्कारपियो तीव्र गतिका कारण दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। 

तीव्र गतिमा रहेको स्कारपियोको अगाडिको चक्का पड्केपछि अनियन्त्रित भई सडकभन्दा तल झरेको थियो। टायर पड्केपछि टाउको बाहिर निकालेको बेला गाडी पल्टेपछि गढीमाई नगरपालिका ७ का ३५ वर्षीय चालक सन्तोषकुमार पालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

माधव नारायण नगरपालिकाको मिठुअबाबाट भारततिर जन्ती जान लागेको स्कारपियो पल्टिँदा मिठुअवाका रामबाबु राउत र गरुडा नगरपालिका ८ का ४३ वर्षीय लक्ष्मण पाल गम्भीर घाइते भएका छन्। राउतको उपचार भरतपुरमा र पालको वीरगंजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षण गोविन्द थापाले जानकारी दिए। 

प्रकाशित: ३ वैशाख २०७५ १३:५३ सोमबार

जन्ती हिडेको कार दुर्घटना हुँदा एकको मृत्यु दुई गम्भीर