१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

बुटवल—लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ। विश्व विद्यालयले आइबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी पहिलो पटक गर्न लागीएको दीक्षान्त समारोहलाइ भब्य बनाउने बताएको हो । विश्व विद्यालयका रजिष्टार तिलक आर्चायले विश्व विद्यालयबाट स्नातकोत्तर र विद्याबारिधि गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागिएको जानकारी दिए। स्नातकोत्तर उत्तिर्ण ९१ जना र विद्यावारिधि उत्तिर्ण १६ जनालाई बुद्ध जयन्तीका अवसरमा एक कार्यक्रमका बिच दिक्षीत गरीने आर्चायले बताए।

समारोहमा विश्व विद्यालयका कुलपती समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओली, सहकुलपती तथा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, बुद्धिष्ट एण्ड पालि युनिभर्सिटि अफ श्रीलङ्काका उपकुलपती भिक्षु,प्रा.डा. गल्ल्याले सुमनसिरि थेरो लगायतका विशिष्ट अतिथिहरुको सहभागीता रहने विश्व विद्यालयका निमित्त डिन माणिकरत्न शाक्यले बताए। सो अवसरमा शारदा बज्रार्चाय स्मृती र प्रा.डा.रञ्जना भक्तनन्द स्र्वण पदक पनि प्रदान गरीने कार्यक्रम रहेको उनले जानकारी दिए ।

२०६३ सालमा स्थापना भएको लुम्बिनी बौद्ध विश्व विद्यालयमा २०६९ सालदेखि पठन पाठन सुरु भएको हो। यहाँ हाल स्नातक र देखि विद्याबारिधि सम्म ४ सय ४७ विद्यार्थी अध्ययनरत छन्।  दीक्षान्त समारोहको तयारीकालागि रजिष्टार आर्चायको संयोजकत्वमा मुल आयोजक समिति र अन्य उपसमिति गठन गरी तयारी अगाडी बढाइएको विश्व विद्यालयले जनाएको छ।

 

प्रकाशित: २ वैशाख २०७५ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App