१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

हिउँमा चिप्लिएर पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्।

एनबीसी वाशिङ्गटनका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्जिनियाको स्यान्टिल्लीमा रहेको विन्डम होटेल परिसरको पोखरीमा कार खसेका कारण कारमा रहेका उनीहरूको डुबेर मृत्यु भएको हो। हिउँमा चिप्लिएर १० फिट जमेको पानीमा उनीहरू सवार कार खसेको थियो। 

उद्धारका लागि पोखरीमा प्रहरी पुग्दा उनीहरूको मृत्यु भइसकेको समाचारमा उल्लेख छ।

खड्का सोही होटेलमा हाउस किपिङमा काम गर्दै आएका थिए भने उनले आफ्नो भान्जा नाता पर्ने भट्टलाई त्यही होटलमा काम लगाइदिने भनेर ल्याएका थिए।

प्रकाशित: २६ पुस २०८१ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App