११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

तराईका भेगमा हुस्सु र कुहिरो, बाँकी भेगको मौसम सफा

मुलुकभरको मौसम सामान्यत सफा रहेको छ। पश्चिमी वायुको सामान्य प्रभावका कारण केही स्थानमा आंशिक बदली हुनेछ। तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अहिले बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

केही दिनदेखि निरन्तर ओरालो लागेको काठमाडौंको न्यूनतम तापक्रम आज थप चिसो बढेको छ। आजको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ।  महाशाखाले शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस मापन गरेको थियो।

काठमाडौंसहित  मुलुकभर नै चिसो  बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ भन्दा तल झरेको छ।  

त्यस्तै जोमसोममा न्यूनतम तापक्रम ओरालो लागेर माइनस दुई देखि माइनस ३ सम्म झरेको छ।  जिरीमा पनि न्यूनतम तापक्रम शून्यभन्दा कम हुँदै गएको छ।

प्रकाशित: २९ मंसिर २०८१ ०८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App