६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कार्तिक पूर्णिमामा कपिलवस्तुका ६ पालिकाले दिए बिदा

कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कपिलवस्तुका ६ पालिकाले बिदा दिएका छन् । पूर्णिमा र नाहान मेलाका लागि भन्दै महाराजगन्ज, कृष्णनगर र कपिलवस्तु नगरपालिका एवं मायादेवी, शुद्धोदन र यशोधरा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । 

कार्तिक पूर्णिमाका दिन जिल्लाको बाणगंगा नदीको रामघाट, बर्गदीघाट लक्ष्मण घाट लगायतका नदी किनारमा मेला लाग्ने गर्छ । पालिकाहरूले शुक्रवार सूचना जारी गर्दै पालिकाका सबै कार्यालय र विद्यालय बन्द हुने बताएका छन् ।

अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द हुने जनाइएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सदरमुकाम तौलिहवानजिक रामघाटमा ठुलो मेला लाग्ने गर्छ । त्यस्तै लक्ष्मणघाट, सीताघाट, बर्गदीघाट र सन्तघाटमा पनि मेला लाग्ने गर्छ । 

तराईमा कार्तिक शुक्ल पूर्णिमालाई ठुलो पर्वका रूपमा मानिन्छ । कपिलवस्तुका १० पालिका मध्ये ६ पालिकाले हरेक वर्ष यस दिन बिदा दिने गरेको छ । 

प्रकाशित: २९ कार्तिक २०८१ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App