८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीबाट भाटभटेनीमा १० करोडको क्षति

बुटवल– बुटवलको भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा झण्डै १० करोड बराबरको क्षति भएको छ। इलेक्ट्रिकल सामानको पसल रहेको सुपर मार्केटको चौँथो तलाबाट आगो सल्किएको थियो।

आगलागीबाट चौथो तलाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक केशब भट्टराईले चौथो तल्लाको सम्पूर्ण पसल जलेर नष्ट भएको र पाँचौ तल्लामा सामान्य क्षति पुगेको जानकारी दिए।

आगलागीबाट १० करोड बराबरको क्षति भएको संचालक मिनबहादुर गुरुङले बताए।  बिद्युत सर्ट भएर लागलागी भएको हुन सक्ने अनुमान गरिएपनि अनुसन्धान जारी रहेको डिएसपी भट्टराईले बताए। मााथिल्लो भागबाट आगो सल्किएको र मानवीय कारण नदेखिएको उनले बताए। आइतबार एकाबिहानै साढे तीन बजेदेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको थियो।

बुटवल ८ सुख्खानगमा रहेको भाटभटेनी गत बैशाखदेखि सञ्चालनमा आएको हो। बुटवल, भैरहवा, नवलपरासी र कपिलवस्तुका ४ वटा दमकलको सहायताले सुरक्षाकर्मीले चार घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। आगो बिहान साढे तीन बजेतिरै लागेको भएपनि भित्रका सामान जल्दै गएर आगो फैलिएपछि स्थानीयले साढे चार बजेतिर थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए।

आगलागीलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी ठूलो संख्यामा घटनास्थल पुगेकाले थप क्षति हुन नपाएको स्थानीयले बताएका छन्।

प्रकाशित: २५ चैत्र २०७४ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App