१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विपद् प्रभावितलाई लत्ताकपडा वितरण

<br>

सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ। नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो।

साडी, बर्को, साबुन, ब्रस, लक्ताकपडा, चप्पललगायतका सामग्री वितरण गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। उनका अनुसार वडा कार्यलयको सिफारिसका आधारमा स्वास्थ्य संस्था, महिला स्वयम् सेविकाहरुसँग समन्वय गरी उनीहरुलाई उक्त सामग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो।

नगर प्रमुख कार्कीले भने, “राहत सामग्री वितरणले विपद् प्रभावित गरिब परिवारलाई तिहारमा केही सहयोग मिल्ने छ।” सोमबार बराहक्षेत्र नगरपालिका–६ र ९ कोशीपारी श्रीलङ्का टप्पुबाट राहत वितरण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी बराहक्षेत्र नगर संयोजक रवीन घिमिरेले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८१ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App