४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुने

प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८ देखि २४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुने भएको छ।

मुस्ताङको पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ। सोही कलालाई चित्रकारहरू माझ बाँड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरुङले बताए।महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोम लगायतका स्थानमा कार्यक्रम हुने आयोजकले जनाएको छ।

महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिनेछ। महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङकिम्फ’ रहेको छ। अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुईघण्टा  हिमाली क्षेत्रका विषयबस्तु र जीवनशैलीमा आधारित चलचित्रहरू देखाइने छ। यो कार्यक्रमलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव(किम्फ)ले संयोजन गर्नेछ।

महोत्सवमा  थाइल्यान्ड, पोल्याण्ड, रोमानिया, भुटान, इन्डोनेसिया, ताइवानलगायत देशका अन्तर्राष्ट्रिय चित्रकारहरूको पनि सहभागिता रहनेछ। यस्तै नेपालका चित्रकार सिर्जनराज भण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्ने छन्।

प्रकाशित: २९ आश्विन २०८१ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App