२६ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पाथीभरा मन्दिरमा कालरात्री पूजा,माथिल्लो फेदीमा मौलो पूजा

नेपालकै प्रसिद्ध शक्तिपीठ ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा कालरात्री पूजा गरिएको छ भने माथिल्लो फेदीमा मौलो पूजा गरिएको छ।

पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा पाथीभरा मन्दिरमा कालरात्री पर्व पूजा गरिएको हो। बिहीवार मध्यरातमा कालो बोकाको बलि दिएर कालरात्री पूजा विधिपूर्वक सम्पन्न गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभरा मन्दिरमा पुजारी डिल्लीरमण आचार्यका अनुसार पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङ बिहीबार दिनभर निराहार बसी मध्यरातमा विधिपूर्वक कालरात्री पूजा सम्पन्न गरेका हुन्।

यता हाङवाङकै उपस्थितिमा शुक्रवार बिहान माथिल्लो फेदीमा रहेको प्रहरी चौकीमा मौलो पूजा गरिएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र मातहतका सबै प्रहरी युनिटहरूमा समेत मौलो पूजा गरिएको छ। नेपाल प्रहरीले २०११ सालमा निशान झण्डा प्राप्त गरेपछि हरेक वर्ष बडादसैँ र चैते दसैँमा निरन्तर रूपमा मौलो पूजा हुँदै आइरहेको छ।

प्रकाशित: २५ आश्विन २०८१ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App