सर्लाहीमा एकजनाले आफ्नो श्रीमतीको गोली हानी हत्या गरेका छन् भने गोली प्रहार गरेर आफ्ना बुबालाई घाइते बनाएका छन्।
सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ५ का ३० वर्षीय धिरेन्द्र यादवले आफ्ना ५५ वर्षीय बुबा राम दिनेश राय र २५ वर्षिया श्रीमती चित्रलेखा यादवको आज बिहान करिब १ः४५ बजेको समयमा गोली हानी हत्या गरेका हुन्। हत्या गरेर उनी फरार भएका छन्।
२५ वर्षिया यादवको घटना स्थलमै मृत्यु भएको छ भने बुवा राम दिनेशको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको सर्लाहीका डिएसपी दिपक श्रेष्ठले बताए।
घटना स्थलबाट प्रहरीले गोली पनि बरामद गरेको छ।
घटना बारे जानकारी पाए लगतै डिएसपी श्रेष्ठको नेतृत्वमा गएको टोलीले घटना स्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
श्रीमती र बुबालाई गोली हानेर फरार भएका धिरेन्द्रलाई नियन्त्रणमा लिन सर्लाही प्रहरीले नेपाल भारत सीमाक्षेत्रमा निगरानी बढाएको छ।
प्रकाशित: १० आश्विन २०८१ ०८:५२ बिहीबार