३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

फुङलिङ नगरपालिकाभित्र यातायात र शैक्षिक संस्थामा बन्द हड्ताल गर्न नपाइने

ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगरपालिका भित्र यातायातका सवारी साधन तथा शैक्षिक संस्थाहरुमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको बैठकले गरेको उक्त निर्णय कार्यान्वयनको सहयोगका लागि लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिसकिएको नगरप्रमुख अमिर मादेनले जानकारी दिए । 

नेपालीहरुका चाडपर्व तथा पाथीभरा आउने तीर्थयात्रीको व्यवस्थापनमा सहजताका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

उता मुक्कुम्लुङ छोड आन्दोलन घोषणा गरेको पक्षले भने भदौ २४ गतेदेखि केवलकार निर्माणको लाइसेन्स खारेज नभए सम्मका लागि भन्दै फुङलिङ देखि काफ्लेपाटी सम्म यातायात बन्दको घोषणा गरेका छन् ।  

प्रकाशित: २१ भाद्र २०८१ १७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App