९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार पाटन नगरपालिका ६ डुङराकी ५७ बर्षीया जानकी लुहारको करेन्ट लागेर मृत्यु भएको हो।  

सोमबार दिउँसो साढे चार बजेको समयमा घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबीन तारमा भिजेका लुगा सुकाउनका लागि राख्ने क्रममा लुहारलाई करेन्ट लागेको बताइएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। लुहारलाई करेन्ट लागेपछि छुटाउन गएका सोही ठाउँका ३८ बर्षीया कलावती ओड, १२ बर्षीया पवित्रा ओड, १० बर्षीया भुवनेश्वर ओड र २२ बर्षीया सीता लुहार करेन्टको झट्का लागेर समान्य घाइते भएका छन्।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित: १९ भाद्र २०८१ १०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App