६ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सत्राैं शताब्दीको युरोपेली कोकिन

यस्ताे पनि!

कोकिनको प्रयोग युरोपेली क्षेत्रमा १७ औँ शताब्दीभन्दा पहिलेदेखि भइरहेको अध्ययनले देखाएको छ। इटालीको मिलान शहरमा रहेको एउटा ममीफाइड मस्तिष्क तन्तुको अध्ययनपछि यो कुराको खुलासा भएको हो।

दक्षिण अमेरिकामा हजारौं वर्ष पहिले यसको विरुवाबाट कोकिन बनाइने गरेको थियो। दक्षिण अमेरिकी यो विधि युरोपमा १९ औँ शताब्दीमा निकै चल्तीमा थियो र कोकिनको प्रयोग व्यापक भएको थियो। यसै हिसाबले इतिहासकारहरूले कोकिनको प्रयोग १९ औँ शताब्दीअघि भएका कुरामा विश्वस्त थिएनन्।

१६ औँ शताब्दीमा स्पेनी साम्राज्य विस्तार हुँदै जाँदा ती क्षेत्रमा कोकिनको प्रयोगबारे जानकारी भए पनि युरोपभर भने फैलिन सकेन। कोकिनको प्रयोग त्यो बेला मिलानमा पनि भएको यस अध्ययनले देखाएको छ।

जानकारहरू भन्छन्, ‘जब कोकिनको प्रयोग दक्षिण अमेरिकाबाट स्पेनी साम्राज्यको प्रभावस्थल मिलान आइपुग्यो, त्यो बेला यसको विस्तार तत्काल फैलिएन। स्पेनकै प्रभाव क्षेत्रमा मात्र सीमित रह्यो भन्ने पछिल्लो खुलासाले देखाएको छ।’

मिलान विश्वविद्यालयका प्राध्यापक गाइया जियोर्डानो र उनका अध्येता साथीहरूले सन् १६०० ताका निधन भएका व्यक्तिहरूको चिहान खोतलेर यसको रहस्य पत्ता लगाएकी थिइन्। कुनै समयको चर्चित अस्पताल रहेको का’ ग्रान्डा हस्पिटलमा दफनाइएकाहरूको अध्ययन गाइयाले गरेकी थिइन्। यो अस्पतालमा मिलान शहरका ज्यादै गरीब जनतालाई दफनाइन्थ्यो।

दफनाइएका प्रत्येक व्यक्तिको मस्तिष्कका तन्तुहरूमा लागू औषधको प्रतिशत कति छ भन्नेबारे अध्ययन गरिएको थियो। त्यसो त कोकिन केही महिनापछि नै हराएर जान्छ तर फेला पारिएका दुई वटा ममीफाइड लाशको मस्तिष्कमा रहेका तन्तुहरू भने चार शताब्दीपछि पनि जस्ताको त्यस्तै पाइएको थियो। तिनमा सक्रिय कोकिनका मिश्रणहरू फेला परेका थिए।

जर्नल अफ आर्कियोलोजिकल साइन्सका अनुसार अस्पतालको रेकर्डमा भने ती व्यक्तिमा कोकिनको प्रयोगका बारेमा कुनै पनि जानकारी उल्लेख गरिएको थिएन। अस्पतालले त्यस्ता बिरामीहरूलाई कोकिन खान सिफारिस गरेको पनि पाइएको थिएन। यसको अर्थ, उनीहरू आफैँले कोकोआको पातहरू आफैँ चपाएका थिए कि भन्ने सम्भावना बढी रहेको गाइया बताउँछिन्।

अध्ययनले उस बेला दक्षिण अमेरिकाबाट कोकिनका बिरुवाहरू मिलानसम्म आइपुगेको र तिनलाई घरबारीमा रोपी आवश्यकताअनुसार उनीहरूले चपाएको अध्ययन निष्कर्ष छ।  

प्रकाशित: १८ भाद्र २०८१ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App