४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँचथरमा ग्रिनेड विस्फोट हुँदा दाजुबहिनीको मृत्यु

पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाडागाउँ टोलमा ग्रिनेड विस्फोट हुँदा एकै घरका दुईजना बालबालिकाको मृत्यु भएको छ।

विस्फोटमा परी दिलिप साँवाकी साढे २ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो। प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा आज बिहान बाटोमा मृत्यु भएको हो भने दिप्सनको इलाममै मृत्यु भएको हो।

पाँचथरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी बिनालाल साहका अनुसार आइतराज केरुङको घरमा बिहीवार दिउँसो साढे ३ बजेतिर बम विष्फोट भएको थियो। दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो।

विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका छन्। तीमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको छ भने ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको छ।

प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पुष्टि भएको प्रहरीले जनाएको छ। विष्फोट भएको स्थान नजिकै अर्को बम जस्तो वस्तु पनि भेटिएको छ।

सेनाको टोली पुगेपछि विस्फोट भएको र शंकास्पद वस्तुको बारेमा विस्तृतमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ भाद्र २०८१ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App