सप्तरीमा बँदेल मारेको आशंकामा पूर्व डीआईजी, बहालवाला सईसहित १० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका-१ कोशी पलार क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गरेको ट्याक्टर र स्कार्पियोमा सवार चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई बुधबार मध्यराति नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर-३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १३ भाद्र २०८१ १३:०७ बिहीबार