१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

रथयात्रामा हजारौं भक्तजन सहभागी हुने

तस्बिर : चुमन बस्नेत/नागरिक

विराटनगरमा हुने घको तयारी अन्तिम तयारी चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ ।

राधाकृष्णको युगल जोडीको रथयात्रा मंगलबार राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । राधाकृष्ण रथयात्रा समारोह समितिले विहीबार पत्रकार सम्मेलन गर्दै ९३औं रथयात्राको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । यस पटक विगतभन्दा फरक र अझ भव्यरुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको बताउँदै, समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘रथयात्रामा नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने अपेक्षा गरिएको छ । यो रथयात्रा नेपालको सबैभन्दा ठूलो र पुरानो भएकोले पनि यसको छुट्टै महत्त्व रहेकाले पनि भक्तजनहरुको उल्लेखनीय सहभागिता हुने गरेको हो ।’

दिउँसो साढे ३ बजे मन्दिरदेखि सुरु हुने रथयात्राले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । रथयात्रा सम्पन्न हुन करिब ६ घण्टा लाग्ने बताउँदै, समितिका उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘भक्तजनहरुलाई युगल जोडी राधाकृष्णको रथलाई पूजाआजा गर्न सहज हुने गरी व्यवस्था मिलाएका छौं । जसका लागि ४३ स्थानमा विश्राम हुनेछ । रथयात्रामा विगतको जस्तो व्यवसायी प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएका छौं ।’

वि.सं. १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो । पछिल्लो समय सुनसरी, झापालगायतका स्थानमा पनि रथयात्रा निकाल्न थालेपछि विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै गएको छ । तथापि, सुनसरी, मोरङ र झापालगायत सीमावर्ती भारतको विहार र पश्चिम बंगालबाट पनि रथको अवलोकन गर्न आउने भक्तजनको भीड हुने गरेको छ ।

हिन्दू धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण गराउने भएकाले सर्वसाधारण आउने गरेको बताइएको छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।

प्रकाशित: ६ भाद्र २०८१ १८:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App