९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

जुम्ला कारागारका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण

जिल्ला कारागार जुम्लामा रहेका कैदीबन्दीको स्वास्थ्य चेकजाँच  गरिएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा नि:शुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएको हो। सबै कैदीबन्दीलाई एकैपटक अस्पताल पुर्याउन नसकिने भएकोले शिविर चलाएर स्वास्थ्य जॉच गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक उमेश चन्दले बताए।

शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु खटिएका थिए। कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ्य अवस्था जानकारी लिन, स्वास्थ्य सेवाको पहुँच बढाउन र कैदीबन्दीहरु बसेर्क स्थानबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न शिविर चलाइएको हो।  

कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण कार्यलाई नियमित बनाउने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। स्वास्थ्य शिविरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतको टोली कारागार पुगेको थियो।

स्वास्थ्य परीक्षणले कैदीबन्दीहरुको स्वास्थ्य समस्या पहिचान भएको छ। उनले भने,‘ उनीहरुलाई रोग अनुसारको औषधि प्रयोग गर्न पनि सहज हुनेछ।’ कुनै जटिल प्रकारका रोगहरू समयमा नै पत्ता लगाइ अस्पताल र उपयुक्त विशिष्टिकृत अस्पतालमा पठाउन स्वास्थ्य शिविरले महत्वपुर्ण काम गर्ने उनको भनाइ छ।

कैदीबन्दीहरूको सामूहिक बसाइ, खानपान तथा जीवनशैलीलाई परिमार्जन गर्दे व्यक्तिगत सरसफाइ, खानपिन, जीवनशैलीमा सुधार ल्याउने समेत यो शिविरले सहयोग पुगेको उनले बताए।जिल्ला समन्वय समितिका प्रमुख गौरनन्द आचार्यले कारागारभित्र कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य जॉचको व्यवस्था मिलाउन राम्रो पक्ष भएको बताए।

कैदीहरूको लागि नियमित स्वास्थ्य परीक्षण, मनोरञ्जनदेखि खेलकुदका क्रियाकलापमा बढी जोड दिनुपर्ने तर्क उनको छ।जुम्ला कारागारमा रहेका १ सय २३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण भएको चिकित्सकहरुले बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर राकेशकुमार यादवले कैदीबन्दीहरुमा ग्याष्ट्रिक, मानसिक, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको छ।  

प्रकाशित: ६ भाद्र २०८१ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App