३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

यस्तो छ तपाईंको आजको राशिफल

मेष राशिः व्यवसायको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। कार्यगर्दा बिचारपूर्वक गर्नुहोला। अध्ययन कार्यमा प्रवेश राम्रो होला। परिवारमा धन आर्जन हुने योग देखिन्छ।

वृष राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। शुभयात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य वैचारिक भिन्नता हुन सक्ने हुँदा, सचेत रहनु होला। अध्ययनमा सफलता मिल्ने छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

मिथुन राशिः व्यवसायमा लगानी गरे लाभ प्राप्त हुने दिन छ। बिलासी कार्यमा रुची नगर्नु राम्रो छ। अध्ययनमा सिद्धि योग रहेको छ। केही धन व्यय हुनेछ। राजनीतिमा सफलता मिल्नेछ। धार्मिक कार्यमा रुची बढ्ने देखिन्छ।

कर्कट राशिः पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। सामान्य उदर रोग देखिन सक्छ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। नयाँ कार्यमा पद प्राप्त हुने दिन छ। उन्नति हुने दिन छ। धार्मिक कार्य गर्नु शुभ छ।

सिंह राशिः नयाँ काममा बाधा हुन सक्ने हुँदा, जोगिनु होला। पहिलेको व्यापारिक धन प्राप्त हुने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ। घर परिवारमा प्रेम सद्भाव रहनेछ। वैदेशिक यात्रामा दिन राम्रो छ।

कन्या राशिः कार्य गर्दा विचार पु¥याएर गर्नुहोला। बिलासी, बाहिरी खानपानमा रुचि नगर्नु वेस हुन्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ।

तुला राशिः स्वजन मित्रबाट धन आउने योग छ। व्यापार व्यवसायमा नाफाजन्य फल प्राप्तिको समय छ। जल उद्योगमा लगानी गर्दा राम्रो हुन्छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाइ, लेखाइको क्षेत्रमा थोरै ढिला हुनेछ।

वृश्चिक राशिः वाणी सफल हुने समय छ। रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ  सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ।

धनु राशिः वैदेशिक यात्राको योग परेको देखिन्छ। सामान्य उदर रोग देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। साथीभाइसँग साधारण भेटघाट हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग कम छ।

मकर राशिः सहयोगमा काम नगरी आफै कार्य गर्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। अग्रजलाई सामान्य रोग देखा पर्न सक्नेछ। नवीन कार्यमा लाभ हुने दिन छ। व्यापार, पढाइमा शुभ देखिन्छ।

कुम्भ राशिः स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति थोरै हुने दिन छ। परिवारमा सामान्य दुख हुन सक्ने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ। व्यापारमा फल व्यय हुने छ।

मीन राशिः साथीसंगतमा रुची नलिनु राम्रो छ। नवीन कार्यसिद्धिमा सामान्य बाधा छ।  पढाईमा लाभ हुने दिन छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार व्यवसाय गर्नेहरुलाई राम्रो छ।

प्रकाशित: ५ भाद्र २०८१ ०६:४० बुधबार

#Rashifal ##Wednesday