१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बिपद व्यवस्थापन मिटिङमा उत्साहजनक सहभागिता

तराईमा बिपदको हिसावले तीन महिना (असार देखि भदौ) सम्म बढी जोखिम मानिन्छ । मौसम पूर्वानुमान शाखाले लुम्बिनीका जिल्ला बिपदका हिसावले जोखिम मानेको छ । अधिकारीका निकायको अनुमानलाई आत्मसाथ गर्दै बर्दिया जिल्लामा हुन सक्ने सम्भावित जोखिम रोक्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा अनुगमन, समन्वय र  स्थलगत दौडाहा गरिरहेको देखिन्छ । 

चुरे क्षेत्र हुँदै समथल भूभाग भएर बग्ने नदी कर्णाली र बबईका कारण सयौ विस्थापित हुने जोखिममा सर्वसाधारण छन् । बाढी पूर्व प्रतिकार्यको लागि दक्ष जनशक्ति अभाव र आधुनिक डुगा जस्ता सामाग्री अभाव रहँदा अकालमा आफन्तले ज्यान गुमाउँदाको प्रस्रव पिडामा नदी किनारका बस्ती बाध्यताले बसेको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बिहीबार दिउँसो सरोकारवाला निकायमा उपस्थितिमा आयोजना गरिएको उपस्थितिले सभा हल खचाखच भरिएको थियो । करिब एक सय बढीको उपस्थितिमा अन्तरक्रियात्मक बैठक करिब निर्धारित समय भन्दा आधा घण्टा पछि सुरु भए पनि अन्तरक्रियात्मक रुपमा सहभागीले भाग लिएका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले प्रस्तावना सहितको कार्य प्रस्तुतिमा पुराना घटेका घटना र त्यसबाट भएको सिकाई बारेमा जानकारी गराउँदा सभा हलमा खचाखच सहभागीले एक ट्वाकले सुनिरहेको दृश्यले वास्तवमा मिटिङको सार्थकता झल्किरहेको थियो । त्यसमा सुरक्षाकर्मीका तर्फबाट सहभागी एसपिद्धय र नेपाली सेनाका प्रमुखको मिटिङमा सक्रिय सहभागिता देखिरहेको थियो । बिपदको बेलामा के कस्ता बाढी पूर्वका लागि साधन स्रोत परिचालन गरिने जानकारी लिनु भन्दा सहभागीले बिपदको बेलामा देखिएका जोखिमका बेला देखिएको विषय वस्तुमा गरिएको चर्चाले अधिक समय लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी शर्माको अघि कटु वचन बोल्न नसके पनि बिपद व्यवस्थापनको मिटिङ देखिएको बाक्लो उपस्थिति विच उत्कृष्ट निर्णय हुन सक्ने वा नसक्ने भन्नेमा दुई मत विभाजित थियो । राजनीतिक दल, जिल्लास्थित कार्यालय प्रमुख, जिल्ला स्थित निजी क्षेत्रका तर्फका उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, पालिका प्रमुख वा प्रतिनिधि, सङ्घसंस्था र सञ्चार कर्मीहरूको उपस्थितिमा गरिएको निर्णयले भविष्यमा वा बिपद मिटिङबाट हुने निर्णय वास्तवमा भिडले गरेको जस्तो नहोस् भन्नेमा केही सहभागी चिन्तित देखिन्थे । बिपद व्यबस्थापन निर्णयले ठाकुर बाबा स्थित गिठे खोलामा रुखको जराले ६, ७, ८ र ९ नम्बर वडाको दुई हजार सर्वसाधारण क्षति पुराउने देखिएकाले तत्काले हेभि उपकरण प्रयोग गरेर जनधनको सुरक्षा गर्ने लगायतको निर्णय गरेको छ । समग्र जिल्लाको बिपद पूर्व प्रतिकार्य गर्ने गरी १२ बुँदे निर्णय बिपद व्यबस्थापन समितिले गरेको रेर्कडमा देखिन्छ । 


 

प्रकाशित: ३१ श्रावण २०८१ १९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App