चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा खसेको ढुङ्गासहितको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।
बुधवार बिहान ७:४० बजेको समयमा गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरुद्ध भएको थियो ।
सडक माथिबाट ढुङ्गासहित गएको पहिरो हटाएपछि सडक एकतर्फी खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प भएका थिए।
यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडक खण्ड पटक/पटक अवरुद्ध हुने गरेको छ ।
प्रकाशित: २३ श्रावण २०८१ १३:१० बुधबार