१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महासंघको अगुवा नेतृत्व सम्मानित

कार्यक्रममा सम्मानित नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति, अतिथि लगायत । तस्बिर : भीम

इलाम– पत्रकारिता र सञ्चार क्षेत्रमा विशिष्ट योगदान गर्ने नेपाल पत्रकार महासंघका पूर्वसभापति र अध्यक्षहरूलाई सम्मान गरिएको छ। महासंघको ६३औं स्थापना दिवस अवसरमा शुक्रबार महासंघको इलाम शाखाका ६ पूर्वसभापति तथा अध्यक्षहरू सम्मानित भएका हुन् । 

महासंघ जिल्ला शाखाले संस्थापक सभापति धर्म गौतम, पूर्वसभापतिहरू धिरेन चेम्जोङ र सोमनाथ सुसेली तथा पूर्वअध्यक्षहरू सटेन्द्र जबेगू, उमेश गुरुङ र रोहितचन्द्र भट्टराईलाई सम्मान गरेको हो। उनीहरूलाई प्रदेश नम्बर १ का प्रदेशसभा सदस्य रामबहादुर रानामगर, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराललगायतले दोसल्ला  र सम्मानपत्रले सम्मान गरेका थिए। शाखा स्थापनादेखि जिल्लाको पत्रकारिताको विकास र नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षार्थ पूर्वअध्यक्षहरूको योगदान महत्त्वपूर्ण रहेको महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालले बताइन्। 

गौतमले २०४८ देखि ०५२, चेम्जोङले २०५२ देखि ०५८, सुसेलीले ०५८ देखि ०६४, जबेगूले ०६४ देखि ०६७, गुरुङले ०६७ देखि ०७० र भट्टराईले ०७० देखि ०७३ सम्म महासंघ इलाम शाखाको नेतृत्व सम्हालेका थिए । संस्थापक सभापति गौतमले महासंघ इलाम शाखा स्थापना गर्दा इलाममा मात्रै २० सदस्य नपुगेर पाँचथरका पत्रकारसमेतलाई सहभागी गराइ शाखा स्थापना गरेको स्मरण गरे । अहिले शाखामा १ सय ३६ पत्रकार आबद्ध छन्। 

प्रकाशित: १६ चैत्र २०७४ ११:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App