३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषि मन्त्रीको निर्देशन

जनताको स्वास्थ्यमाथि खेलबाड नहुने गरी काम गर्न मातहतका निकायलाई कृषि मन्त्रीको निर्देशन दिएका  छन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन । मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय सङ्घीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने भएकाले  पनि सम्बन्धित निकायलाई सचेत गराएका हुन  । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए। मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीय सम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए ।

उनले भने,‘जनताको स्वास्थ्यसँग खेलबाड गर्न त पाइएन नि । केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ । कहाँ जानुपर्ने म जान्छु । अघि सचिवजीले के भन्नुभयो भने तेलको, चाउचाउको काठमाडौँ महानगरपालिकाले चेक गर्‍ यो भन्नुभयो । त्यो राम्रो कुरा हो । सबै पालिकाहरूले गर्न सक्ने त राम्रो कुरा हो । तर हेला सचिवज्यू, तपाई कुन मन्त्रालयको सचिव हो ? भनेर यदि भनिदियो भने यहाँ चेक गर्ने काम नगरपालिकाको हो कि ? यो सँग जति विश्वसनीयता हुन्छ, अरूले ल्याएको सामानमा त्यति हुँदैन । त्यस कारण मलाई लाग्छ, तपाई मन्त्री हुनुभएको छ । तपाईले म पनि किसानको छोरो हुँ भन्नुहुन्थ्यो । अनि यहाँ हाम्रो हेर्ने कसले भनेर भन्यो भने अब जे छ, त्यही ठिक छ भन्ने कि । त्यसको जवाफ के हुनसक्छ रु त्यसका जवाफ दिने गरी हामीले यहाँ बसेर काम गर्नुपर्छ । मेरो मान्यता के हो भने यस्ता प्रश्नको जवाफ दिन सक्नु¥यो नि । काम गरे त हुन्थ्यो सबै पालिकाहरूले । तर जनताको विश्वसनीयता कसमाथि होला । यसमा विचार गर्नुहोला । त्यो प्रश्न उठ्यो भने हामीप्रतिको विश्वसनीयता गुम्न पनि सक्छ । यसतर्फ हामी सजग रहनुपर्छ भन्ने म जानकारी गराउन चाहन्छु । अब हामीसँग भर्खरै भोलिदेखि लागू हुने गरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयन चरणमा लैजाँदै छौँ । अब यो ऐनलाई हामीले जनताको स्तरमा पु¥याउनका लागि र त्यही किसिमको सेवा दिनका लागि भूमिका कसको होला रु मलाई लाग्छ–यहाँ उपस्थित हुनुभएका राष्ट्र सेवक कर्मचारीहरूको हो नि । उहाँलाई प्रोत्साहित गरेर लैजानुपर्छ । उहाँहरूको वृद्धि विकासदेखि कुनैपनि ठाउँमा हामीले सहयोग पु¥याउन सक्यौँ भने जनतालाई विश्वास दिलाउन सकिन्छ भन्ने विश्वास म राख्न चाहन्छु ।’

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताए । 

प्रकाशित: १८ श्रावण २०८१ १५:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App