३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

तपाईंकाे आजकाे राशिफल

मेष राशिः सम्मान प्राप्त हुने दिन छ। राम्रो फल दिने समय छ। अध्ययनको क्षेत्रमा दिन राम्रो छ। उपलब्धिपूर्ण आर्थिक लाभ छ। कडा पराक्रमबाट कार्यसिद्धि हुने छ। आफन्तसँग भेटघाट हुनेछ।

वृष राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखापर्न सक्ने छ। साथीभाइसँग रमाइलो भेटघाट हुने भएकाले धन खर्च हुनेछ। व्यापार गर्नेलाई भने दिन राम्रो छ।

मिथुन राशिः पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। आर्थिक लाभ हुने दिन छ। उन्नतीशील समय छ। भ”मि लाभको योग छ। सामान्य यात्राको योग देखिन्छ।

कर्कट राशि: विद्या अध्ययनमा मन बढ्ने छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कर्णमा सामान्य बिकार आउने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी नगर्नु नै उत्तम हुनेछ। मित्रबाट कार्यसिद्धि हुनेछ।

सिंह राशिः विद्यार्थीका लागि पढाइको योग छ। राजनीतिक क्षेत्रमा सफलता मिल्ने र आफ्नो प्रभुत्व बढाउन सफल भइने छ। धर्ममा रुचि देखिन्छ। व्यवसायमा लगानी गरे श्रमको उचित लाभ प्राप्त हुनेछ।

कन्या राशिः वाणी प्रभाव वढ्ने छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। धन सन्चित हुने समय छ। विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने योग छ। वौदिक्ताको वृद्धि हुने देखिन्छ।

तुला राशिः यात्रा सफल छ। विलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ।व्यापारिक लगानीहरु प्राप्त हुने देखिन्छ। विभिन्न बिलासी सम्बन्धी व्यापारको कार्य आरम्भ गर्नु होला। वैदेशिक पढाई र यात्राको समय छ।

वृश्चिक राशिः विद्यार्थीका लागि पढाइमा रुचि बढ्ने छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। आफन्तबाट धन आउने योग छ। स्वास्थमा सुधार आउने छ।

धनु राशिः वैचारिक मेलको योग छ। धार्मिक कार्यमा रुचि देखिन्छ। विदेश यात्राको योग छ।विद्यार्थीलाई पढाइमा रुचि बढ्ने छ। समाजिक पद मिल्ने छ। व्यवसायमा फल प्राप्तिको समय छ।

मकर राशिः विद्यार्थीका लागि पढाई सफल हुनेछ। पेटमा समस्या देखिन सक्छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। व्यापारमा राम्रो छ। यात्रा गर्दा धन आर्जन हुने योग छ।

कुम्भ राशिः धन आर्जन हुने योग देखिन्छ। यात्राको समय छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। स्वास्थ्यमा केही धन खर्च हुने समय छ। विचार पुर्‍याएर गर्नु होला।

मीन राशिः व्यापारमा गर्नेलाई उन्नति प्रगति हुने देखिन्छ। स्वास्थ्यको विषयमा समान्य धन व्यय हुने समय छ। विद्यार्थीलाइ पढाइमा रुची बढ्ने छ। आफन्तहरुसँग शुभ भेटघाट हुनेछ। कडा पराक्रमबाट कार्यसिद्धि हुनेछ।  

प्रकाशित: १४ श्रावण २०८१ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App