४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प

गण्डकीका यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन्। राइड सेयरिङको विरोध गर्दै गण्डकीका यातायात व्यवसायीहरूले आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्।

३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिवार रातिसम्मको अल्टिमेटम दिएका उनीहरूले आफ्ना माग सुनुवाइ नभएको भन्दै आजदेखि सार्वजनिक यातायात ठप्प बनाउने बताएका हुन्।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीका अनुसार माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने छ।

सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने समेटेको थियो्। तर, कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन। यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ। सरकारले बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो।

प्रकाशित: १३ श्रावण २०८१ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App