१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

१८ लाख बढीको खाद्यपदार्थ नष्ट

गत आर्थिक वर्षभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० लाख १७ हजार ४ सय ७३ रुपैँया बराबरको खाद्य बस्तु नियन्त्रणमा लिई नष्ट गरेको छ।

अनुगमनका क्रममा उपभोग्य मिति गुज्रिएका तथा लेवल विवरण कैफियत देखिएका र खाद्य स्वच्छताका दृष्टिले खान आयोग्य रहेका खाद्य बस्तुहरु नष्ट गरिएको हो।

उक्त कार्यालयले अनुगमनका क्रममा खाद्य ऐन, २०२३ तथा खाद्य नियमावली २०२७ को बर्खिलाप कार्य गर्ने तथा खाद्य स्वच्छतामा गम्भीर लापरबाही गर्ने ११ वटा खाद्य उद्योगको ब्यवसाय उत्पादन तथा खाद्यपदार्थ विक्रि वितरणमा रोक लगएको छ। कार्यालयले गत आर्थिक वर्षमा नविकरण लगायतका शिर्षकमा ६ लाख ५० हजार ४ सय ४ रुपैँया राजस्व संकलन भएको सुचना अधिकारी पदम वरालले बताए।

कार्यालयका लागि चारपांग्रे गाडी नहुँदा अनुगमन गर्न अँझ कठिनाई हुने गरेको कार्यालय प्रमुख डाक्टर क्षितिज श्रेष्ठको भनाइ छ।बार्षिक रुपमा तोकिएको लक्ष्यभन्दा बढी अनुगमन भईरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए। 

प्रकाशित: ११ श्रावण २०८१ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App