४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

फाइल तस्बिर

रोटरी इन्टरनेशनलले यसवर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ ।

रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा क्लबका पदाधिकारीले सोमबार पत्रकार रिसाल निवास अनामनगर पुगी अवार्ड प्रदान गरेका हुन । पुरस्कारको राशि  एक लाख एक हजार र सम्मानपत्र छ ।

अवार्ड ग्रहण गदै पत्रकार रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको धारणा राखे । उनले आजको अवस्थामा पत्रकारिताको उच्च व्यावसायिक अभ्यासमार्फत राष्ट्र र जनताका खारित आवाज बुलन्द हुनुपर्नेमा जोड दिए। अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको पनि रिसालले बताए ।

रोटरी जर्नो अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट राष्ट्रका लागि गर्नुभएको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताइन । वातावरण, शिक्षालगायत क्षेत्रका सात विधामा अवार्ड दिँदै आएको रोटरीले यसवर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको उनले जानकारी दिइन ।

पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापकसमेत रहेका सुरेश आचार्यले वरिष्ठ पत्रकार भैरव रिसालले जीवनभर पत्रकारितामार्फत योगदान दिनुभएकाले उहाँको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताए । उनले वरिष्ठ व्यक्तित्वलाई अवार्ड प्रदान गर्न पाउँदा पुरस्कारको ओज बढेको बताए।

आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा एक लाख एक हजार कोषमा प्रदान गरेका छन । सोही रकमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो । पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ ।

प्रकाशित: ७ श्रावण २०८१ १८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App