४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरहाका २० वर्षीय युवा ललितपुर धापाखेलबाट पाँचदिन देखि वेपत्ता

ललितपुरमा डेरा गरी  बस्ने सिरहा कल्याणपुरका २० वर्षीय युवा अरुणकुमार शर्मा ६ दिनदेखि हराइरहेका छन् । कल्याणपुर नगरपालिका–३ स्थायी ठेगाना भएका अरुण ललितपुर महालक्ष्मी नगरपालिका धापाखेलमा डेरामा बस्दै आएका थिए ।

उनी असार २५ गते रातिबाट सम्पर्कविहीन भएको उनका दाइ रविकुमार शर्माले जानकारी दिए । 

रविका अनुसार धापाखेलमै रहेको साथीलाई भेटेर साँझ ७ः३० बजे अरुण आफ्नो डेरा फर्कन भनी निस्किएका थिए । त्यसयता उनी हराइरहेका छन् ।

रविले दोस्रो दिन नै प्रहरी वृत्त सातदोबाटोमा बेपत्ता भाइलाई खोजी दिन निवेदन दिएका थिए । ‘तर प्रहरीले खोजी सुरु गरे पनि अहिलेसम्म पत्ता लगाउन सकेको छैन,’ उनले भने । 

गहुँगोरो वर्ण रहेका अरुण ५ फिट ४ इन्च उचाइ रहेको परिवारस्रोतले जनाएको छ । हराउँदा उनले निलो भेस्ट, जिन्स र फितावाला चप्पल लगाएका छन् ।

प्रहरी वृत्त सातदोबाटोले अरुणको खोजीका लागि उपत्यकाका सबै प्रहरी इकाईलाई परिपत्र समेत गरेको जनाएको छ ।

प्रकाशित: ३० असार २०८१ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App