४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

तस्बिर :दिपेश दर्शनधारी/ नागरिक

ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको वाग्मती करिडोरको सानेपाको कालो पुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन् ।

पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले कालो पुलमा सूचना टाँसिएको छ । ‘कृपया यो पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नु होला’, वाग्मती करिडोरस्थित सानेपाको कालो पुलमा उल्लेख गरिएको छ ।

आफूले हरेक वर्ष वाग्मती करिडोरस्थित कालो पुलमुनि पानी जमेकाले यात्रामा असहज महसुस गरेको मोटरसाइकल यात्री रमेश पन्तले बताए । उनले भने, ‘बल्खु पुलमुनि पनि वर्षात्को समयमा पानी जम्ने समस्या छ, सानेपाको कालो पुलमा हरेक वर्ष पानी जमेको छ, जिम्मेवारी निकायले यस्तो कुरामा ध्यान नदिएकाले हामीले दुःख पाएका छौँ ।’

त्यस्तै अर्का मोटरसाइकल यात्री पवनकुमार थापाले पनि हरेक वर्ष पुलमुनि पानी जमेकाले ट्राफिक जाम भएर आफूले समस्या भोगेको दुखेसो पोखे । उनले भने, ‘पुलमुनि वैकल्पिक बाटो प्रयोग गरी सुरक्षित यात्रा गर्नुहोला भनेर सूचना टाँसेको छ, तर वैकल्पिक यात्रा कहाँ गर्ने ?, बाटो साँगुरो भएर ट्राफिक जाम भइदिन्छ, जिम्मेवार निकायले यस्तो समस्याका समाधान चाँडै गर्नुपर्ने हो ।’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरलाई वाग्मती सभ्यतासँग जोडेर निर्माण कार्य अगाडि बढाए पनि महानगरपालिका–४ को धोविघाट पुलसम्म करिडोर निर्माणको सकिएको छ ।  

प्रकाशित: ३० असार २०८१ १५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App