५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सम्झौता अवधि अगावै सम्पन्न हुँदै मरिण पुल

सिन्धुलीको कपिलाकोट र कल्पबृक्ष जोड्ने पक्की पुल। तस्बिरः नागरिक

सिन्धुली – हेटौडा–सिन्धुली–चतरा राजमार्ग अन्र्तगत यहाँको मरिण गाँउपालिकास्थित कपिलाकोट कल्पबृक्ष जोड्ने पक्की पुल समय अगावै निर्माण कार्य सकिने भएको छ।

२०७३ साल असार २९ गते ठेक्का सम्झौता भई २०७६ पुस २८ गते निर्माण सम्पन्न गर्नेगरी कालिका–रसुवा–तुदी जे.भि काठमाडांैले ठेक्का लिएकोमा सम्झौता अगावै काम सम्पन्न गर्ने निश्चित भएको छ। हामी आगामी असार सम्म पुलबाट सवारी आवात जावत गर्नेगरी काम गरिरहेका छौ, निर्माण कम्पनीका निर्देशक राजेन्द्र आचार्यले भने–‘तीब्र गतिमा काम भइरहेकाले सम्झौता अवधि भन्दा झन्डै एक वर्ष अगावै काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्छौ।’

२०७३ साल मंसिर १२ गते माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुलको शिलान्यास गरी सम्झौता अवधि अगावै निर्माण कार्य सम्पन्न गरेमा पुरस्कृत गर्ने आश्वासन दिएपछि ठेकेदार कम्पनीले कामलाई तीब्रता दिएको हो। जिल्लामा निर्माणधिन पुलमध्ये कपिलाकोट कल्पबृक्ष जोड्ने पुलको कार्य भने तीब्र गतिमै भएको स्थानीयको भनाई छ। पुलको शिलान्यास भएदेखि हालसम्मको अवस्थालाई हेदा पुल निर्माण कार्य तीब्र गतिमा भएको छ, मरिण गाँउपालिकाका एक स्थानीयले भने–‘यहि गतिमा निर्माण हुँदा सम्झौता सम्पन्न अवधि अगावै निर्माण कार्य सकिनेमा कुनै शंका छैन।

४ सय मिटर लम्बाई रहेको पुल निर्माणको भ्याट समेत कूल लागत ४३ करोड ५० लाख रहेको निर्माण कम्पनीले जनाएको छ। जसमा नदी नियन्त्रणको काम ७ सय मिटर र पुलको दायाँबायाँ एप्रोज सडक ७ सय मिटर निर्माण गर्नुपर्ने छ। हालसम्म हामीले ८२ प्रतिशत भन्दा बढी पुलको काम सम्पन्न गरिसकेका छौ, प्रबन्धक निर्देशक आचार्यले भने–‘पुल निर्माणमा स्थानीयलाई कुनै गुनासो गर्ने बाटो बाकी राखेका छैनौ, यहि बर्खादेखि पुलबाट सामान्य आवातजावत हुने गरी काम गरेका छौं।’ उनले यहि ०७४ साल असार सम्म पुलको दायाँबायाँ सडक बाहेकका अन्य धेरै काम सम्पन्न हुने जनाए।

काम अनुसारको नेपाल सरकारले हामीलाई पैसा उपलब्ध गराउन नसकेका कारण अझै केहि ढिलाई भएको हो, उनले भने–‘हाम्रो काम अनुसारको पैसा पनि निकासा भइदिएको भए अझै केहि अगाडि काम सम्पन्न गर्न सक्थ्यौ। ४ सय मिटरको पुलमा आठ ओटा स्पान निर्माण गरिएको छ। प्रत्येक ५० मिटरको अन्तरमा स्पान निर्माण भएको निर्माण कम्पनीले जनाएको छ। पुलको निर्माणमा देशभर ठिलाइ भएको चर्चा चलिरहदा सिन्धुलीको मरिणमा निर्माणधिन रहेको यस पुलको काम भने तीब्र्र गतिमै भइरहेको छ।

पूर्व प्रधानमन्त्रीले निर्माण कार्यलाई तीब्रता दिई समय अगावै निर्माण सम्पन्न गरे पुरस्कृत गर्ने घोषणा गरेसँगै पुल निर्माण गर्न कम्पनीले बढी चासो देखाएको थियो। यो सँगै सोही कम्पनीले कमला नदीमा निर्माण गर्न लागेको पाँचसय मिटर लामो पुल समेत समय अगावै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०७४ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App