६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टिपर र स्कुटर ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।

शुक्रबार बा ३ क ३०५३ नंको टिपर र बा प्र ०२–०३९ प ९९५२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार ललितपुर साना गाउँ बस्ने ४३ वर्षीय लक्ष्मीदेवी श्रेष्ठ घाइते गम्भीर घाइते भएकी थिइन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गम्भीर घाइते भएकी निज श्रेष्ठको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका स्कुटर चालकको अहिले पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रवक्ता कार्कीले जनाए।

प्रकाशित: ८ असार २०८१ १८:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App