२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

छाउगोठमा बसेकी किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका २ मा किशोरी बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मङ्गलवार छाउगोठमा बसेकी किशोरीलाई एकजना १८ वर्षीय किशोरले बलात्कार गरेको पीडितले बताएकी छिन्।

मङ्गलवार राति करिब २ बजेतिर पिसाब गर्न बाहिर निस्केको बेला स्थानीय एकजनाले आफूलाई बलात्कार गरेको र त्यसपछि आफू बेहोस भएको १६ वर्षीया ती किशोरीले प्रहरीलाई बयान दिएको अछामका प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले बताए।

छाउगोठमा ती किशोरी बेहोस् अवस्थामा भेटेपछि तत्काल उद्दार गरेर अस्पताल लगिएको र चिकित्सकले किशोरीको बलात्कार भएको बताएपछि सोधपुछको क्रममा किशोरीले घटनाबारे बताएको डिएसपी पाठकले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

प्रकाशित: ५ असार २०८१ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App