६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोको पूर्वानुमान गर्ने नयाँ प्रणालीले नेपालीहरूको जीवन बचाउन सहयोग गर्ने

फाइल तस्बिर

अस्ट्रेलियाको मेलवर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नेपालमा हुने विपद्‍बारे पूर्वानुमान गर्दै जीवन रक्षाका लागि पहल हुने दाबी गरेका छन् । 

मनसुनजन्य जोखिम कम गर्ने उद्देश्यसहित हुने यो प्रविधिको विकास गर्न लागेको उनीहरुको भनाइ छ । नेपाल सरकार र अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागसँग मिलेर मेलवर्न विश्वविद्यालय र फ्लोरेन्स विश्वविद्यालयका वैज्ञानिकहरुले पानीले भिजेको जमिन कहिले भासिन्छ भनेर पहिचान गर्न आवश्यक पर्ने तथ्याङ्कको महत्त्वपूर्ण अंशलाई विश्लेषण गर्ने अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको विकास गर्ने बताएका हुन् । 

'सेफ रिसेस' नाम दिइएको पूर्वानुमान गर्ने प्रणालीले नासा, युरोपेली अत्रिक्ष एजेन्सी र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले खिचेको प्रथ्वीको तस्बिरहरुको निरन्तर विश्लेषण गर्ने गर्छ । यसले पहिरो नजिक बसोबास गर्ने मानिसहरुलाई पहिरो खस्नु अगावै सतर्क रहन सुचना दिने वैज्ञानिकहरुको विश्वास छ । 

यस परियोजनाको नेतृत्व गरिरहेका मेलबर्न विश्वविद्यालयका वैज्ञानिक प्रोफेसर एन्टोइनेट टोर्डेसिलासले नेपालको करिब ५९ प्रतिशत भूभाग पहिरोको जोखिममा रहेको र पहिरोका कारण हुने मृत्युदर विश्वकै उच्च रहेको बताएका छन् । उनले भनिन्, 'नेपालको ८० प्रतिशतभन्दा बढी भूभाग भिरालो छ र गोरखा भूकम्पले देशका अधिकांश भूभाग थिलथिलो भएको छ । मनसुन सुरु भएपछिको वर्षाले पहिरो जाने जोखिम छ । जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिले नेपालका समुदायमा ठूलो खतरा निम्त्याएको छ ।'  

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वसन्त अधिकारीले नेपाली जनताको सुरक्षाका लागि अव्यवस्थित सतहको निरन्तर अनुगमन महत्त्वपूर्ण रहेको बताए ।  

सेफ रिसेसले अन्तरिक्षबाट खिचिएका तस्बिरहरुको प्रयोग गर्दै नयाँ खुला र पहुँच भएको आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको सहयोगमा कुनै एक ठाउँमा एक पटक निरन्तर निगरानी र पहिरोको जोखिमको पूर्वानुमान गर्न वर्षाको मापन  र सधैं परिवर्तन हुने जमिनको चाल सम्बन्धी तथ्याङ्क संयोजन गर्ने विश्वास अनुसन्धानकर्ताहरुको छ । 

प्रकाशित: २३ जेष्ठ २०८१ १३:४५ बुधबार

#SAFE_RISCCS #Antoinette_Tordesillas #Basanta_Adhikari # University_of_Melbourne