५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

२०८१ साल वैशाख ३१ गते सोमबारका लागि तपाईंको राशिफल

मेष राशिः विद्यार्थीकालागि शैक्षिक यात्राको योग छ। जग्गासम्वन्धी काममा सामान्य फल प्राप्ति हुने देखिन्छ। पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशिः पारिवारिक सदस्यहरुवाट जग्गा सम्वन्धी कार्य नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। उदर रोग देखा पर्न सक्नेछ। अध्यनार्थीका लागि पढाइमा मन लाग्ने छ।

मिथुन राशिः जमिन किन्ने र गृह निर्माणको योग छ। साथीहरुसँग यात्रा हुने योग देखिन्छ। विद्यार्थीका लागि पढाईमा केहि ढिला हुने छ। व्यापार व्यवसायमा केहि बाधा  देखिन्छ। स्वास्थमा सामान्य समस्या देखिन्छ।

कर्कट राशिः सवारी साधन जोड्ने योग छ। मित्रहरुको सहयोगमा कार्यसिद्धि हुने समय छ। काम गर्दा विचार पुर्‍याएर गर्नु पर्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार ब्यवसाय गर्नेलाई दिन राम्रो छ।

सिंह राशिः अध्ययनमा रुचि बढ्ने छ। नविन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। केहि धन खर्च हुने दिन छ। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहनेछ।

कन्या राशिः समाजिक क्षेत्रमा सफलता छ। व्यवसायमा लगानीबाट लाभ कम हुनेछ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्य सिद्धि योग रहेको छ। यात्रामा शुभफल प्राप्त योग छ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ।

तुला राशिः रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। यात्रा गर्नु पर्दा बिहानै गर्नु होला। धन व्यय हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट र कार्यमा सम्मान हुने छ।  कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

वृश्चिक राशिः अध्ययनमा सफलता मिल्ने छ। वाणी प्रभाव वढ्ने योग छ। राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने योग छ। मित्रहरुबाट अर्थ लाभ हुने दिन छ। पराक्रमबाट कार्य सिद्धि हुने समय छ।

धनु राशिः राजनीतिमा सफलता मिल्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। वाणी सफल हुने योग छ।  व्यापारमा आर्थिक लगानी प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइने छ।

मकर राशिः पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानि गर्न सामान्य योग छ। अग्रजमा रोगहरणको समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग रहेको छ।

कुम्भ राशि: विद्यार्थीहरुकोलागि पढाई दोहोर्याउनु पर्ने हुन सक्छ। उद्योगमा आर्थिक लगानि गर्दा फल मिल्ने योग छ। जीबन सँगिनीसँग प्रेम सद्भाव रहने छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

मीन राशि: व्यापारमा शुभ फल प्राप्त हुने छ। स्वास्थ्यमा केहि खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रुबाधा हुन सक्ने छ।  पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। रअध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

प्रकाशित: ३१ वैशाख २०८१ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App