२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अयोगले इन्जिनियर बरालसँगै पोखरा नगर कार्यपालिकामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख पचास हजार रुपैयाँ घुस लिएको आरोप पत्रमा उल्लेख छ। 

प्रकाशित: २० वैशाख २०८१ १७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App