२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हरियाली बढाउन वर्ष पैंसठ्ठी हजार बिरुवा वितरण गरिंदै

फाइल तस्बिर

हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो।

उत्पादित तयारी बिरुवा असारको तेस्रो सातादेखि  वितरण गर्ने कार्यालयको योजना छ। विगतको तुलनामा यस वर्ष थोरै बिरुवा हुर्काइएका छन्। वन कार्यालयको नर्सरीमा तीस हजार डाले घाँसका बिरुवा उत्पादन गरिएका वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए। राइखनियो, डुम्री, बडहर, बकाइनो, टाँकीका बिरुवा अधिक छन्।

हरियाली वृद्धिका साथै पशुपालन किसानलाई लक्षित गरी डाले घाँसलाई प्राथमिकतामा राखिएको उनले बताए। नर्सरीमा हुर्काइएका  बिरुवामध्ये जडीबुटीतर्फ शीतल चिनी, हर्रो, बर्रो, तेजपात, बेल, अमला, श्रीखण्ड रहेका छन् भने सौन्दर्यमूलकमा कपुर, अशोका, धूपी लगायत छन्।

‘पछिल्ला समय पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएकाले बर्सेनि डाले घाँसका बिरुवा उत्पादन गरी वितरण गर्दै आएका छौं’, अधिकृत श्रेष्ठले भने, ‘प्रदेश सरकारबाट बजेट कम विनियोजन भएका कारण यस वर्ष थोरै बिरुवा उत्पादन गरिएको हो।’

चार वर्षअघि १० लाख, तीन वर्षअघि आठ लाख, दुई वर्षअघि ६ लाख २५ हजार र गत वर्ष एक लाख बढी बिरुवा उत्पादन गरी निःशुल्क वितरण गरिएको थियो। 

प्रकाशित: १५ वैशाख २०८१ ०८:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App