२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गोलियासहित चार ट्र्याक्टर नियन्त्रणमा

ताप्लेजुङस्थित सशस्त्र प्रहरीको नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाबाट खटिएको टोलीले टाँचा नलगाएको र बिलबिजक नभएको गोलियासहितका चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय ताप्लेजुङलाई बुझाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक रवीन सिलवालका अनुसार अन्दाजी दुई सय क्युबिक फिट उतिसका काठसहित चारवटा ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक दिलिप श्रेष्ठको नेतृत्वमा खटिएको ११ जनाको पैदल गस्ती टोलीले गोलिया बोकी दोखुतर्फ जाँदै गरेका ट्र्याक्टरलाई शंका लागी चेकजाँच गर्दा टाँचा नलगाएको र बिलबिजक नभएको अवस्थामा भेटेपछि नियन्त्रणमा लिई डिभिजन वन कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिलवालले जानकारी दिए। चालकहरू फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८० १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App