२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सर्वोच्चले ब्युँतायो यातायात क्षेत्रका संघ र समिति, सिन्डिकेटलाई मलजल

यातायात व्यवसायीलाई संघ संस्थालाई कम्पनीमा लैजाने सरकारको चार वर्ष अघिको निर्णय सर्वोच्च अदालतले उल्टाइ दिएको छ।

यातायात व्यवसायीलाई कम्पनीमा लैजाने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्चले मंगलबार यस्तो फैसला सुनाएको हो।

यो फैसलापछि अबदेखि यातायात क्षेत्रका संघ र समिति कम्पनीका नाममा दर्ता हुन बाध्य नहुने यातायात व्यवसायीका प्रतिनिधिहरूले दाबी गरेका छन्। सर्वोच्चको फैसलाको पूर्ण पाठ आउन भने बाँकी छ।

सरकारले सबै यातायात व्यवसायीलाई कम्पनीमा लैजाने निर्णय गरेको थियो। यो निर्णय अघि व्यवसायीहरूले विभिन्न संघ र समिति मार्फत यातायात व्यवसायी सञ्चालन गर्दै आएका थिए। यसले गर्दा सिन्डिकेट मौलाएको र यात्रुलगायत उपभोक्ताहरूले स्तरीय सुविधा नपाएको भन्दै सरकारले सबै यातायात व्यवसायी कम्पनीमा जानुपर्ने निर्णय गरेको थियो। यो निर्णयसँगै यातायात व्यवसायीका संघ, समितिहरूको नवीकरण समेत रोकिएको थियो।

‘सर्वोच्च अदालतबाट व्यवसायीको पक्षमा फैसला आएका छ। सर्वोच्चले हामीलाई न्याय दिएको छ’, राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतमले नागरिकन्यूजसँग भने। उनले संघ, समितिहरूमा भएको सम्पत्ति र दायित्व पूर्वरत परिचालन गर्ने बाटो खुलेको समेत बताए । 

प्रकाशित: २१ चैत्र २०८० १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App