२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषध ३१८ थानसहित दुईजना पक्राउ

उदयपुरबाट ३ सय १८ थान लागुऔषधसहित एक बालक र युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले त्रियुगा नगरपालिका १३ का २३ वर्षीय समीर मगर र १४ वर्षीय बालकलाई तीन प्रकारका लागुऔषधसहित सोमबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरले सञ्चालन गरिरहेको लागूऔषध नियन्त्रण गर्ने ‘मिसन ड्रग्स इन्टरसेप्ट (एमडिआई)’ अभियानअन्तर्गत खटाइएको टोलीले त्रियुगा नगरपालिका ४ बगाहा सालघारी चोकबाट १४ वर्षीय बालकसहित मगरलाई नियन्त्रणमा लिएको हो।  

सिरहाको लहानबाट गाईघाटतर्फ आउँदै गरेको विङ्गर जिपमा सवार मगरसँगै रहेका त्रियुगा नगरपालिका ३ का १४ वर्षीय बालकलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि पक्राउ गरिएको हो।

उनीहरुका साथबाट डाइजेपाम नामक लागूऔषध १ सय ६, बुपिनोर्फिन १ सय ६ र फेनारगन १ सय ६ गरी ३ सय १८ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी चौधरीले बताए।

पक्राउ दुवैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।

प्रकाशित: २१ चैत्र २०८० १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App