२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अख्तियारद्वारा स्वास्थ्य सामग्री व्यापारी विशाल पण्डितसहित छ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको आरोपमा विशाल पण्डितसहित छ जना विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लाइफलाइन ट्रेड प्रालि र हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक पण्डित विरुद्ध कोसी प्रदेश अस्पतालमा तीन करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुद्दा दायर गरेको हो। उनीसहित छ जना विरुद्ध मुद्दा दायर गरिएकाे हाे।

दायर मुद्दामा व्यापारी पण्डितसहित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, विराटनगरका कार्यरत बायो मेडिकल इन्जिनियर कुसल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेशनल प्रालि र हस्पिटेकका बजार व्यवस्थापक लक्ष्मीप्रसाद आचार्यलाई प्रतिवादी बनाइएको छ।

पण्डितले काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगै बुटिक होटेल ‘बसेरा’ सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १८ चैत्र २०८० १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App