३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

उदयपुरमा आगलागीबाट आधा करोड क्षति

आज राति भएको आगलागीबाट उदयपुरमा झन्डै आधा करोड बराबरको धनमाल नष्ट भएको छ।

जिल्ल्को रौतामाई गाउँपालिका ३ भोर्लेनीस्थित नवउदय सामुदायिक वन उपभोक्ता समुहको जंगलमा लागेको डढेलो हावाहुरीले फैलाउँदा नजिकै रहेका ६ स्थानीयको घर गोठ जलेर क्षति भएको हो।

डढेलोको आगो बस्तीमा पस्दा सोही वडाका गाउन राई, मनकुमारी राई, जगत राई, मदन राई, गोविन्द नेपाली र रामबहादुर राईको गरी ६ वटा घर  र ६ वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आगलागीबाट ४५ लाख ७० हजार मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरी अनुमान छ। आगलागी नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा तीन घन्टापछि नियन्त्रणमा लिइएको थियो।  

सामुदायिक वनमा लागेको डढेलो पनि नियन्त्रणमा ल्याउन प्रहरी र स्थानीयको संयुक्त प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन्।

प्रकाशित: ४ चैत्र २०८० १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App