३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आगलागीबाट घाइते बाबु–छोरीलाई खाँडाचक्रले दियो तीन लाख ८० हजार राहत

आगलागीबाट घाइते भएका कालिकोटका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारका लागि खाँडाचक्र नगरपालिकाले ३ लाख ८० हजार राहत दिने भएको छ। नन्दरामका बाबु–छोरी शुक्रबार खाँडाचक्र नगरपालिका– ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागीबाट घाइते भएका थिए।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकबाट तीन लाख ८० हजार राहत दिने निर्णय गरेको नगर उपप्रमुख गणेश बहादुर शाहीले जानकारी दिए। शुक्रबार जलेर घाइते भएका बाबु–छोरीको उपचारका लागि सहयोग गरिएको हो।

आगोले जलेर ४५ मध्ये ४३ बाख्रा मरेका छन् भने १० वटा बाख्रा घाइते भएका छन् । बाख्रा जले–नजलेको हेर्दै आगो निभाउने क्रममा उनीहरुलाई आगोले पोलेको थियो।

शरीर जलेर घाइते बाबुछोरीलाई उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको र यहाँ उपचार हुन नसक्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जिल्ला अस्पताल प्रमुख डा. संकेत विश्वकर्माले बताए। उनका अनुसार घाइतेको ६० प्रतिशत शरीर जलेको छ । अहिले उनीहरू बाबु–छोरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि  उपचार सम्भव नभएपछि काठमाडौंमा पठाएको थियो ।

उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ। सोमबार घाइते परिवारलाई तीन लाख ८० हजारको चेक हस्तान्तरण गर्ने कार्यक्रममा रहेको नगर प्रमुख कमल शाहीले बताए । जिल्लामा पनि राहत संकलन अभियान सुरु भएको छ।

प्रकाशित: ४ चैत्र २०८० ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App