१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

राप्रपाको प्रदर्शनमा प्रहरीले गर्‍यो लाठीचार्ज (तस्बिरहरु)

राप्रपा नेपालको बृहत दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ।

बिहीबार कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबिच सुन्धारामा ठेलमठेल हुँदा झडपको स्थिति बनेको हो।

प्रदर्शनका कारण सवारी आवागमनमा अस्तव्यस्त बनेको छ। सुन्धारा हुँदै लगनखेलसम्म जाने सवारी साधनहरूलाई रत्नपार्कबाट डाइभर्ट गरिएको छ।

प्रहरीले प्रदर्शनकारीहरूलाई एक लेन मिलाएर हिँड्न आग्रह गरेता पनि र्‍यालीमा सहभागीहरूले दुई लेनबाटै अगाडि बढ्न खोजेपछि झडपको स्थिति बनेको हो।

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौँमा दबाबमूलक प्रदर्शन सुरु गरेको हो।

प्रकाशित: १ चैत्र २०८० १४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App