३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सानी सचेतक

राजधानी काठमाडौंसँगै जोडिएका जिल्लामध्ये धादिङ पनि एक हो। त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर पूर्व र पश्चिम गर्ने धेरैलाई लाग्नसक्छ, धादिङ यही सडक वरिपरि नै सीमित छ।

तर, पृथ्वी राजमार्ग छाडेर दिनभरि गाडीको यात्रापछि पनि पैदल हिँडेर मात्र उत्तरी धादिङको गणेश हिमालको काखमा पुगिन्छ। त्यही दुर्गम रुवीभ्याली–२ गर्देन स्थायी ठेगाना भएकी बिना लामा अहिले प्रतिनिधिसभाकी सदस्य छिन्।  

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फबाट सांसद बनेकी लामा अहिले संसदीय दलको सचेतकको पनि जिम्मेवारीमा छिन्। २०६५ मा बिना स्नातक पढ्दा पढ्दै राप्रपाको गाउँ इकाइमा निर्वाचित भइन्। २०७४ को स्थानीय तहको निर्वाचनमा लामा राप्रपाबाट रुवीभ्याली गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनिन्। 

हिन्दु राष्ट्रसहित राजसंस्थाको ओकालत गर्ने राप्रपाबाट क्रिस्चियानिटीमा विश्वास गर्नेहरूको बाहुल्य रहेको रुवीभ्यालीको परिणाम आफ्नो पक्षमा पार्न उनलाई सहज थिएन। तर, पार्टी नेता बुद्धिमान तामाङको गृहक्षेत्र, त्यहाँबाट उनी उपाध्यक्षमा निर्वाचित भइन्। त्यहाँको आर्थिक विकास, पर्यटन प्रवर्धनसहितका काममा पाँच वर्ष बिताएकी लामा २०७९ मा भएको आम निर्वाचनमा राप्रपाबाट समानुपातिक सूचीमा उनको नाम पनि समेटियो।  

धेरैलाई उनी सांसद बन्लिन् भन्ने विश्वास थिएन। हिन्दुराज्य र राजतन्त्रको पक्षमा खुलेको राप्रपा संसद्को पाँचा राजनीतिक दलका रूपमा स्थापित हुन पुग्यो। लामा सांसद बनिन्। त्यतिमात्र होइन, पार्टीको सचेतकको जिम्मेवारीमा रहेकी उनले संसद्मा जनताका समस्या मात्र होइन, युवा, महिलासहित जातजातिका मुद्दालाई नयाँ ढुंगले उठाउँदै आएकी छन्।  

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App