१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

धादिङ बस दुर्घटना: हराइरहेका तीनमध्ये दुईको शव फेला

धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ।

रुपन्देहीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो। योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो।

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन्। उनको खोजी कार्य जारी छ। सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए।

प्रकाशित: २४ फाल्गुन २०८० १९:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App